१३ बैशाख २०८१, बिहीबार

प्रथम रोटी मेला आयोजना हुँदै



धनगढी । तिहारको अवसरमा धनगढीमा भोली (मंगलबार) प्रथम रोटी मेला २०७४ आयोजना हुँदैछ । यस्तो मेला नेपालमै पहिलो पटक आयोजना हुन लागेको आयोजकको दाबी छ ।
टीकापुर पर्यटन समितिको आयोजनामा मंगलबार बिहान ११ बजेदेखि धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा मेला सञ्चालन हुने जनाइएको छ ।
समितिका अध्यक्ष थर्कबहादुर शाहका अनुसार रोटी मेलामा दुई दर्जन बढी प्रकारका रोटीका परिकार प्रस्तुत गरिने छ ।
‘रोटी खाऊँ, अर्थतन्त्र जोगाऊँ, स्वस्थ्य रहौंं, पर्यटन बढाऔं’ नाराका साथ आयोजना हुने रोटी मेलामा सेल, फिनी, पुरी, कागते, सिन्कामरी, स्वारी, भक्के माडा, फाडा रोटीका परिकार प्रस्तुत हुनेछन् ।
त्यस्तै, मकैको रोटी, कोदोको रोटी, गुने, ढुकढुके, फापरको रोटी, नेवारी रोटी, थारु रोटी, सल्यानी रोटी, डोटेली रोटी, तन्दुरी रोटी, पराठा, रानाथारु रोटी, अनरसा, तावा रोटी, रुमाले रोटी लगायतका परिकार पनि प्रस्तुत गरिने छ ।
आयोजक समितिका अध्यक्ष हाहका अनुसार मेलामा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
टीकापुर पर्यटन समितिले विभिन्न समयमा खीर महोत्सव लगायतका रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको छ ।
समितिका अध्यक्ष शाहले प्रदेश नम्बर ७ का विभिन्न क्षेत्र तथा समुदायका मौलिक खानाका परिकारलाई मेला मार्फत प्रस्तुत गरेर आन्तरिक पर्यटनको विकासमा योगदान पुर्‍याउने प्रयास गरिएको बताए ।

असाेज ३० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार