१६ चैत्र २०८०, शुक्रबार

सेप्टेम्बरदेखि विश्वले सोच्न पनि नसक्ने काम गरेर यसरी दुनियाँ चकित बनाउँदै चीन



चीन आफ्नै प्रविधिमा निर्माण भएको विश्वकै तीव्र गतीको रेल पुनः पटरीमा दौडाउने तयारीमा जुटेको छ । आगामी महिना अर्थात सेप्टेम्बरदेखि बेइजिङ र सांघाईबीच यो रेल दौडेको देख्न पाइने भएको छ ।
नयाँ पिढीको यो बुलेट ट्रेन ‘फुसिङ’ २१ सेप्टेम्बरदेखि दौडन सुरु गर्ने छ । यो रेलको अधिकतम गती प्रति घन्टा ४ सय किलोमिटरको हुनेछ । यो रेलले बेइजिङदेखि सांघाइबीचको १ हजार २ सय ५० किलोमिटरको दुरी केबल साढे ४ घन्टामा पुरा गर्ने छ ।
यो भन्दा पहिले बेइजिङदेखि सांघाइको यात्रा गर्न ६ घन्टा लाग्थ्यो । तर यो रेलले सेवा दिन थालेपछि यात्राको समय २ घन्टाले टोट्टिने छ ।
चीनको रेलवे कर्पोरेसनले यो रेल विश्वकै तीव्र दरमा गुड्ने व्यापारिक प्रयोजनको रेल भएको बताएको छ ।
चीनले प्रतिघन्टा ३ सय ५० किलोमिटरको दुरीमा चल्ने रेलको सुरुवात २००८ को अगस्टमा गरेको थियो । यो रेल बेइजिङ र तियानजिन बीच चल्ने गरेको थियो ।
तर २०११ मा भएको दुर्घटनापछि यो रेलको गतीलाई घटाएर २ सय ५० देखि ३ सय किलोमिटर प्रति घन्टा कायम गरिएको थियो । फुसिङ रेललाई पहिलो पटक जुनमा प्रदर्शन गरिएको थियो । २७ जुलाईमा यसको परिक्षण सञ्चालन गरिएको थियो ।
अब २१ सेप्टेम्बरदेखि यो रेलले राउन्ड ट्रिप पुरा गर्नेछ । यसको अधिकतम क्षमता ४ सय किलोमिटर प्रति घन्टा हुनेछ । चीनमा विश्वकै लामो अर्थात २२ हजार किलोमिटरको उच्च गतीको रेल नेटवर्क छ ।
चाइन एकेडेमी अफ इन्जिनियरिङका अनुसार चीनको एक तिहाई उच्च गतीको रेलवेको ३ सय ५० किलोमिटर प्रतिघन्टाको दरमा गुड्ने बनाइने छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार