११ बैशाख २०८१, मंगलवार

लिटिल फ्लावर लीग क्रिकेट हुने



धनगढी । कैलालीको धनगढीमा विद्यालय स्तरीय लिटिल फ्लावर स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।
सो स्कुलको आयोजनामा भोलि बुधवारदेखि प्रतियोगिता सञ्चालन हुने सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा कैलालीका तीन सामुदायिक, ११ संस्थागत विद्यालय सहित १४ र कञ्चनपुरको बेलौरीका दुई संस्थागत विद्यालय समेत १६ टिमको सहभागिता रहने स्कुलका प्रिन्सिपल रामचन्द्र शाहीले बताए ।
प्रतियोगितामा विजेता टिमलाई ३० हजार र उपविजेतालाई १५ हजार रुपैयाँ“ पुरस्कार प्रदान गरिने छ ।
माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता ट्वान्टी—ट्वान्टी फम्र्याटमा खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार