८ बैशाख २०८१, शनिबार

गजल



  • बिमल भट्ट

तिम्रो निम्ति मेरो आत्मा, भासिएको कँहा छ र ?images

तिमीलाई छोडी अन्तै माया, गासिएको कँहा छ र ?

किन किन आज भोलि, भेट्न पनि आउँ दिनौँ नि,

तिमीले आउने गोरेटो नै, मासिएको कँहा छ र ?

पागल भनी मेरो कुरा, साथी सँग काट्छौ अरे,
यो निधारमा पागल लेखी टासिएको कँहा छ र ?

दुःखमा साथ देन भनी न्याफ्रे हुन खोज्छौँ अरे ?
तिम्रो दिलमा चोट लाग्दा, हासिएको कँहा छ र ?

तिम्रो दुःखमा साथ दिने सयौँ कसम खान्छु बरु,
छुट्ने गरी हाम्रो माया, नासिएको कँहा छ र ?

तिम्रो निम्ति मेरो आत्मा, भासिएको कँहा छ र ?
तिमीलाई छोडी अन्तै माया, गासिएको कँहा छ र ?
निरौली–८, गुनड डोटी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार