११ बैशाख २०८१, मंगलवार

आऊदो वर्ष पुरस्कार राशि दोब्बर गरिने



सुदूरपश्चिम खप्तड गोल्डकप

धनगढी । धनगढीमा शनिवार समापन भएको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको आऊदो वर्ष पुरस्कार राशि दोब्बर गरिने घोषणा गरिएको छ ।
सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबको आयोजनामा गत २१ गतेबाट धनगढीमा सञ्चालन भएको प्रथम आमन्त्रण भागेश्वर ग्रुप सुदुरपश्चिम खप्तड गोल्डकपमा नेपाल, भारत र भुटानका गरी १२ टिमको सहभागिता रहेको थियो ।
भव्य ढङ्गले सञ्चालन भएको प्रतियोगितालाई अझैं व्यापक बनाउन आगामी वर्ष पुरस्कार राशि दोब्बर गरिने क्लबका अध्यक्ष्ँ सुरेश हमालले घोषणा गरे । उनले आगामी वर्षको प्रतियोगितामा विजेता टिमले ११ लाख ११ हजार एक सय ११ तथा उपविजेताले पाच लाख ५५ हजार पा“च सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताए ।
यस पटकको प्रतियोगितामा विजेताले पाच लाख तथा उपविजेताले दुई लाख ५० हजार रुपैयाँ“ पुरस्कार प्राप्त गरेका थिए ।
क्लबका अध्यक्ष हमालले विभिन्न कठिनाइ हुदाहुदै पनि पहिलो पटकमा नै प्रतियोगिता सफल भएकोमा हौसला जागेको बताए । उनले फुटबल खेलाडी तथा खेलको विकासमा टेवा पुयाउन पुरस्कार राशि दोब्बर गरिने बताए ।
हमालले भने– ‘हामीले सोचे भन्दा पनि राम्रो ढङ्गले प्रतियोगिता सफल भयो, सबैको सहयोगले थप उत्साहित भएका छौँ ।’
६ महिना अगाडि स्थापना भएको क्लबले पहिलो पटक सुदुरपश्चिममा गोल्डकप आयोजना गरेको हो । सुदुरपश्चिममा आयोजना भएको पहिलो गोल्डकपले यसक्षेत्रको फुटबल विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको दर्शक तथा यस क्षेत्रका खेलाडीको प्रतिक्रिया रहेको छ ।
यस पटकको सुदुरपश्चिम खप्तड गोल्डकप मनाङमस्र्याङ्दी क्लबले जितेको छ ।
धनगढी क्षेत्रीय रङ्गशालामा शनिवार निकै रोमाञ्चक फाइनल खेलमा मनाङमस्र्याङ्दीले काठमाडौँ संकटा क्लबलाई १–० ले हराउदै गोल्डकप च्याम्पियन बन्यो ।
खेल सुरु भएको तीन मिनेटमा मनाङमस्र्याङदीका जर्सी नम्बर १० का कप्तान अनिल गुरुङले गरेको गोल नै निर्णायक बन्यो । संकटाले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा उपविजेतामा चित्त वुझायो ।
प्रतियोगितामा मनाङमस्र्याङ्दीका कप्तान अनिल गुरुङ उत्कृष्ट खेलाडी भए । उनले श्वेता ट्रेडिङ कन्सर्न धनगढीले प्रायोजन गरेको यामाहा मोटरसाइकल पुरस्कार प्राप्त गरे ।
संकटाका गोलरक्षक राजु नगरकोटी उत्कृष्ट गोल रक्षक, मनाङका विराज महर्जन उत्कृष्ट रक्षक, डुकस्टार भुटानका केन्चो तावगे उत्कृष्ट स्ट्राईकर, सुदुरपश्चिम—११ का नरेन्द्र चौधरी उदयमान खेलाडी, मनाङका प्रशिक्षक छिरिङ लोप्चन गुरुङ उत्कृष्ट प्रशिक्षक र सुदुरपश्चिम— ११ का मणीराम चौधरी सर्वाधिक गोलकर्ता भए ।
भागेश्वर गु्रपको मुख्य प्रायोजनमा भएको गोल्डकपका विजयी खेलाडीहरुलाई सांसद मदनकुमारी शाह, एन्फाका केन्द्रीय सदस्य गणेश चन्द, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंह, मुख्य प्रायोजक भागेश्वर गुप्रका सञ्चालक टेकवहादुर बोगटी लगायतले पुरस्कार, सिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार