१५ चैत्र २०८०, बिहीबार

चीनकाे एउटा गाउँ, जहाँ हरेक महिलाको कपाल रापुञ्जेलको जस्तै लामो



कपाल लामो भएकी रापुञ्जेलको कथा त हामीले सुनैकै छौं । तर रापुञ्जेलकै जस्तो लामो कपाल भने विरलैको मात्र हुन्छ ।
तर चीनमा यस्तो गाउँ छ, जहाँ हरेक महिलाको कपाल उही कथाकी पात्र रापुञ्जेलको जस्तै लामो छ । चिनको ग्वाङ्सी ह्वाङलुओ याओ प्रान्तमा महिलाहरुले आफ्नो जीवन कालमा एक पटक मात्र कपाल काट्न पाउँछन् । उनीहरुले किन कपाल काट्न पाउँदैनन् त ? कारण रोचक छ ।
सो समुदायमा कपाललाई जीवन र भाग्यका रुपमा चित्रित गरिन्छ । जन्मेदेखी नै यो समुदायका महिलाहरुले आफ्नो कपाल पञ्जाबीहरुले जस्तै टाउकोमा पोको पारेर राख्छन् । उनीहरुले सो कपाल विवाह हुनुअघि एकपटक खोल्छन्, काट्छन्, नुहाउँछन् र कोर्दै गीत गाउँछन् । त्यसपछि उक्त कपाललाई पुरानै अवस्थामा फर्काइन्छ र विवाह गरिन्छ । याओ जातिका यिनीहरुको कपालको औसत लम्बाई २ दशमलब ३ मीटर छ ।
उक्त समुदायमा कपाल जति लामो हुन्छ, त्यति नै आयु, भाग्य र सुख पाइन्छ भन्ने विश्वासका कारण कपाल नकाटिने गरेको हो । यो गाउँ लामो कपाल हुने महिलाको गाउँको रूपमा गिनिज बुकमा समेत रेकर्ड बनाइसकेको छ ।
– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार