७ बैशाख २०८१, शुक्रबार

चैनपुर बाढीको उच्च जोखिममा



बझाङ । बझाङको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा परेको छ । चैनपुरलाई सेती नदी र बाहुलीगाड खोलाले तीन तिरबाट घेरेको छ ।
यी दुई नदीको कटान शुरु भएपछि सदरमुकामबासी चिन्तित भएका छन् । वर्षायाममा सेती नदी र बाहुुलीगाडमा पानीको सतक बढेपछि कटानमा पनि बृद्धि आएको छ ।
गत वर्ष असार ३१ गते बाहुलीगाड खोलामा आएको बाढीले सदरमुकामलाई जिल्लाका दक्षिण तथा पश्चिमी क्षेत्रका गाउँहरूसँग जोड्ने झोलुंगे पुल बगाएको थियो ।

बाढीको जोखिममा रहेको बझाङ सदरमुकाम चैनपुर ।

बहुलाह खोलाको रूपमा चिनिने बाहुलीगाडमा कुन दिन बाढी आउने हो र सदरमुकाम सखाप पार्ने हो भन्ने डरले आफूहरू त्रसित भएको नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले बताए । उनले पहिला सिमखेत तिर भएर बग्ने बाहुली गाड अहिले चैनपुर तिर फर्किएकाले बढी जोखिम भएको बताए ।
बाहुलीगाडको कटान बढ्दै जाँदा सदरमुकामको उत्तर दिशाबाट साइपाल हिमालको फेदीबाट बगेर आउने सेती नदी र सुर्मा सरोबरको पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडले चैनपुरलाई घेरेको छ ।
बाहुलीगाड र सेती नदी क्षति न्यूनीकरण तथा सदरमुकाम बचाउन अभियान, २०७३ नाम दिइएको छ स्थानीयहरूको दवाब समूहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै तुरुन्त नियन्त्रणको प्रयास गर्न माग गर्दै धर्ना समेत दिएको थियो । सदरमुकाममा कटानको जोखिम बढदै गएको भए पनि यसलाई नियन्त्रण गर्न सरोकारवाला निकायले चासो नदेखाए पछि विभिन्न विकासका पाटाहरू र धार्मिक सहिष्णुताले भरीपूर्ण भएको बझाङ जिल्लाको सदरमुखकाम चैनपुर नहुन पनि सक्ने सदरमुकाम बासीहरूकाको आरोप छ ।
ठूला दुई नदीहरूले सदरमुखकाम चैनपुरलाई वरिपरीबाट च्यापी रहेको हुनाले जोखिम्मा छ केही सामान्य तत्बन्धन गर्नलाई केही ग्याबीन जाली हालेका छन् तर यो सामान्य कार्यले हुने नभएकाले केन्द्रबाट नै ठूलो योजनाको माग रागेर बाउलीगाड र सेती नदीमा तत्बन्धन गर्न पर्ने प्रमुख जिल्ला अधिकारी केशबबहादुर थापाको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार