१३ बैशाख २०८१, बिहीबार

कमल–भूपेन्द्र स्मृति कप शुरु



धनगढी । धनगढीमा बुधबारदेखि कमल–भूपेन्द्र स्मृति टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको नवज्योति युवा क्लवको आयोजनामा क्रिकेटर कमल बर्मा र भूपेन्द्र गुरुङको स्मृतिमा सो प्रतियोगिता सञ्चालन गरिएको जनाइएको छ ।
प्रतियोगिताको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले उद्घाटन गरे ।
प्रतियोगिताको पहिलो खेल सुदूरपश्चिम युवा क्लवले जितेको छ । सुदूरपश्चिम युवा क्लवले भन्सार ‘ए’ टिमलाई नौ विकेटले पराजित गर्‍यो ।
टस जितेर क्याटिङ गरेको भन्सार ‘ए’ ले ८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १६ रन मात्रै बनायो । भन्सार ‘ए’ का ६ जना खेलाडी शुन्य रनमा आउट भए ।
भन्सार ‘ए’लाई लज्जास्पद स्कोरमा समेट्ने क्रममा सुदूरपश्चिम युवा क्लवका गोपी सिंहले पाँच तथा लेखनाथ शर्माले चार विकेट लिए ।
१७ रनको नाम मात्रको विजय लक्ष्यसहित ब्याटिङ गर्न ओर्लिएको सुदूरपश्चिम युवा क्लवले ११ बलमा एक विकेट गुमाएर जित हासिल गर्‍यो । सो खेलमा सुदूरपश्चिम युवा क्लवका गोपी म्यान अफ द म्याच भए ।
प्रतियोगिता आगामी ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक रोहित क्षेत्रीले बताए । प्रतियोगितामा दश टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेतालाई ५१ हजार र उपविजेतालाई २५ हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार