११ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी



कञ्चनपुर । नियमविपरित उपप्राध्यापक भर्ना गरेको आरोप लगाउँदै मंगलबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरिएको छ ।
नेपाल विद्यार्थी संघले विश्वविद्यालयले नियमविपरित उपप्राध्यापक भर्ना गरेको आरोप लगाएको छ । संघका केन्द्रीय सदस्य कैलाश चन्दले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भइरहेको वेथिति विरुद्ध तालाबन्दी गर्नु परेको दाबी गरे ।
उनले विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. पूर्णबहादुर चन्दले आफूनिकट व्यक्तिलाई नियमविपरित सोझै उपप्राध्यापक पदमा नियुक्ति गरेको बताए ।
संघले नियम तथा प्रक्रिया मिचेर एकलौटी ढंगबाट गरिएका नियुक्ति खारेजी गर्नसमेत माग गरेको छ । केन्द्रीय सदस्य चन्दले विना विज्ञापन उपप्राध्यापक भर्ना गरिएको विरोधमा विश्वविद्यालयको केन्द्रीय कार्यालय र विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयमा अनिश्चिकालीन तालाबन्दी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार