१६ चैत्र २०८०, शुक्रबार

‘कसम तोहार–२’ को च्यारिटी शो



कैलालीका स्थानीय कलाकारद्वारा निर्मित थारू भाषाको चलचित्र ‘कसम तोहार–२’ को शनिबार च्यारिटी शो भएको छ ।
चलचित्रको निर्माता तथा निर्देशक सुरज चर्नाबठ्वा (चौधरी) ले गरेका छन् । चलचित्रमा आशिष चौधरी, सन्ध्या चौधरी, सुमित्रा श्रेष्ठ, रेमुन थारू, ज्योति यादव, खुशीराम चौधरी, प्रभात चौधरी, सुरज राजवंशी लगायतका कलाकारको भूमिका रहेको छ । नृत्य निर्देशन भीम अधिकारीले गरेका छन् ।
चलचित्रको छायांकन धनगढी, गदरियालगायतको ठाउँमा भएको हो । चलचित्र कसम तोहार सिक्वेल रहेको जनाइएको छ ।

https://www.youtube.com/watch?v=d3_YaC_nA9o

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार