८ बैशाख २०८१, शनिबार

अाज बोहराको शव अछाम ल्याइयो



अछाम । गत शनिबार निधन भएका अछाम मेल्लेख गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष रामबहादुर बोहराको शव अछाम ल्याइएको छ ।
उनकाे बाजुराको प्रसिद्ध धार्मिकस्थल बडीमालिका दर्शन गर्न जाने क्रममा त्रिवेणी नगरपालिका ९ लौरी विनायाकमा लेक लागेर निधन भएकाे थियाे ।
आइतबारदेखि नेपाली सेनाको हेलिकप्टरबाट सव ल्याउने प्रयास भए पनि खराब मौसमका कारण शव ल्याउन सकिएको थिएन् । उनकाे आजै दाहसंस्कार हुने अछामका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार