७ बैशाख २०८१, शुक्रबार

बाजुराका अधिकांस स्थानमा पहिरोको त्रास



बाजुरा । लामो समयसम्म भएको खडेरीपछि अविरल वर्षा भएपछि बाजुराका अधिकांस गाउँका बासिन्दामा पहिरोको त्रास फैलिएको छ ।
जिल्लाका साविक १६ गाविसका ४४ वटा गाउँ पहिरोको उच्च जोखिमा रहेको जिल्ला दैवीप्रकोप उद्वार समितिले जनाएको छ ।
जिल्लाको साविक आँटीचौर गाविसको गुम्लागाउँमा दुवैतिरबाट पहिरो जाने गरेको छ । स्थानीय मन्धिर रावतले सात वर्षदेखि हरेक वर्षायाममा गुम्लागाउँबासीले पानी परेको वेला रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बताए ।

फाइल तस्बिर

जिल्लाका बाँधु, साप्पाटा, कैलाशमाण्डौं, ब्रह्मतोला, आँटीचौर, कोल्टी, रुगिन, जुगाडा लगायतका गाउँ पहिरोको उच्च जोखिममा रहेका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले बताए ।
उनले बाढी तथा पहिरोको उच्च जोखिममा रहेका गाउँमा प्रकोप पूर्व तयारी कार्ययोजना लागू गरिएको बताए ।
उनले नेपाली सेना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ र अन्य सरकारी तथा गैरसरकारी निकायसंग उद्दार तथा राहत कार्यका लागि समन्वय भएको बताए ।
बाजुरामा २.०६४ सालयता पहिरोका कारण ३१ जनाले ज्यान गुमाएका छन् ।
जिल्लाको गुइगाड खोलामा आएको बाढीका कारण आसपासका पाँच गाउँका बासिन्दा वर्षायाममा अन्यत्र बस्ने गरेको ब्रह्मतोलाका खड्कराज जोशीले बताए ।
२०६९ सालमा बाँधुमा आएको पहिरोबाट बालबालिकासहित पाँच जनाले ज्यान गुमाएका थिए । सो गाउँमा २०७१ मा पहिरोबाट तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार