१५ चैत्र २०८०, बिहीबार

नुहाउने क्रममा नदीमा एकको डुबेर मृत्यु



कञ्चनपुर । नदीमा नुहाउने क्रममा कञ्चनपुरमा सोमबार एक बालकको डुबेर मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३, स्याली नदीमा डुबेर १२ वर्षीय रामदत्त जोशीको मृत्यु भएको जनाइएको छ ।
उता, कञ्चनपुरकै दोदा नदीमा १४ वर्षीय अबिर सार्की बेपत्ता भएका छन् । कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर २, अमरैयाका अबिर दुइ दिनदेखि बेपत्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार