७ बैशाख २०८१, शुक्रबार

दिव्या मोबाइल सप सञ्चालनमा



धनगढी । धनगढी चौराहमा शुक्रबारबाट दिव्या मोवाइल सप सञ्चालनमा आएको छ । मोवाइल सपको एक कार्यक्रमबीच कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरे ।
मोवाइल सपले विभिन्न उपहार योजना समेत सार्वजनिक गरेको छ । सञ्चालक सुरेश सापकोटाले सस्तो र गुणस्तरीय सेवा प्रदान गरिने बताए । उनले साउन मसान्तसम्म हरेक ग्राहकका लागि हात खाली नजाने उपहार समेत राखिएको जानकारी दिए ।
उनले लक्की–ड्र मार्फत मोवाइल, पेनड्राईभ, ५ देखि ५० प्रतिसम्म छुट लगायतका अफर पनि राखिएको बताए ।
५० लाख रुपैयाँको लागतमा सञ्चालित सो मोवाइल सपमा एक साताका लागि फ्रि सर्विस क्याम्पका साथै एक्सचेन्ज अफर समेत रहेको सापकोटाले जानकारी दिए । सपमा स्यामसुङ, नोकिया, जीउनी, लाभा लगायतका ब्राण्डेड मोवाईल उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार