७ बैशाख २०८१, शुक्रबार

सन्दर्भ : बडीमालिका धार्मिक यात्रा– सुदूरको कुनामा लुकेको स्वर्ग



बाजुरा । बडीमालिका धार्मिक तथा पर्यटकीय दृष्टिबाट प्रशिद्ध गन्तव्य । पाँच महिना हिउ र चार महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ, बडीमालिका । सो क्षेत्रबाट बाजुरा, अछाम, बझाङ, डडेल्धुरा र डोटी तथा मध्यपश्चिमका कालीकोट, मुगु लगायतका जिल्लाको दृश्य समेत अवलोकन गर्न सकिन्छ ।
बडीमालिका धार्मिक तीर्थस्थल हो । यो १४ हजार फिटको उचाईमा रहेको छ । बडिमालिकामा वर्षायाममा भेडा च्याङ्ग्रा, घोडा खच्चड र गाईभैसीको चरिचरनमा प्रयोग हुन्छ ।
वर्षको दुई पटक गंगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका दिन भव्य मेला लाग्ने गरेको छ । यो वर्ष साउन २२ मा मेला लाग्ने छ । गंगा दशहराभन्दा साउने चतुदर्शीका दिन दर्शनार्थीहरूको घुइचो बढी हुन्छ ।
त्यो समयमा सुदूरपश्चिम तथा मध्यपश्चिमका सबै जिल्ला र देशका अन्य जिल्लाबाट पनि दर्शनार्थी आउने गरेको मन्दिरका पुजारी भानुभक्त पाध्यायले बताए ।
मालिका देवीको स्वागतका लागि बाजुरा लगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट संयुक्त टाँगो (पूजापाठमा आवश्यक पर्ने सामग्री) सहितको टोली आउने गरेको छ । आर्थिक वर्ष २०६८/६९ को वार्षिक बजेटमा बडीमालिका संरक्षित क्षेत्र घोषणा गरिएको थियो । जिल्ला समन्वय समितिबाट बडीमालिका क्षेत्रको विकासका लागि वार्षिक रूपमा बजेट विनियोजना हुने गरेको छ ।
बडीमालिकामा २२ वटा हरियाली फाँट, दुईसय बढी प्रजातिका फूल, एक सय बढी प्रजातिका जडिबुटिहरू, पौराणिक स्थलहरू, नदीहरूको संगमस्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषणका रूपमा रहेका छन् ।
बडीमालिका क्षेत्रमा डाँफे, मुनाल लगातका पंक्षी तथा कस्तुरी, झारल आदि वन्य जन्तुको बसोबास रहेको छ ।
खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ता दृश्य देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार