७ बैशाख २०८१, शुक्रबार

उपक्षेत्रीय अस्पतालमा बिरामीको चाप



डडेल्धुरा । डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पतालमा केही दिनदेखि बिरामीको चाप बढेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिवराज पनेरूले अस्पतालमा अहिले दैनिक तीन सयभन्दा बढी बिरामी आउने गरहेको बताए ।
५० सैयाको सो अस्पतालको ओपिडीमा हाल सरदर एक सय ५० देखि दुई ५० सम्म र आकस्मिक कक्षमा ३० देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । मेसु डाक्टर पनेरूले अस्पतालमा विशेष गरी भाइरल ज्वरो, झाडापखला, रुघाखोकीका बिरामी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार