४ बैशाख २०८१, मंगलवार

बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव



बैतडी । बैतडीका प्राय: स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको छ । प्राय:स्वास्थ्य संस्थाहरूमा वैशाखदेखि नै औषधि अभाव हुन थालेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।
सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि नि:शुल्क रूपमा उपलब्ध गराउने भने पनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्य चौकी इञ्चार्ज विनोदकुमार कुँवरले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले सबै प्रकारका नभई केही औषधिको भने अभाव रहेको बताए । उनले स्वास्थ्य चौकीहरूमा १६ प्रकारको औषधिको अभाव रहेको बताए ।
औषधि अभाव भएका स्वास्थ्य संस्थाहरूमा अझै एकदुई महिना अभाव हुने देखिएको छ । औषधि खरिदको रकम अब सम्बन्धित स्थानीय तहमै गएकाले प्रक्रियामा केही ढिलाई हुने डाक्टर अवस्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार