१५ चैत्र २०८०, बिहीबार

नेपाल आइडलका सुरजको ‘ओ प्रिया…’ सार्वजनिक



बाबुको लाहुरे बनोस भन्ने चाहना तोडेर नेपाली संगीत आकाशमा चम्कने उद्देश्यका साथ नेपाली सुगम संगीतको क्षेत्रमा होमिएका गायक हुन सुरज थापा। नेपाली संगीत मै लागेर केही गर्छु भन्ने सपना बोकेका उनी बर्सौदेखि यही क्षेत्र सकृय छन्। निकै संघर्ष गरेर यो क्षेत्रमा आएका उनको पहिलो एल्बम ‘क्रन्दन’ केही वर्ष अगाडि बजारमा आएको थियो।
क्रन्दन भित्रको ‘बहुला हुँ म बहुला…’ गीत तथा भिडियोले उनलाई नेकै चर्चा दिलायो। सोही एल्बममा समावेश दोश्रो गीत ओ प्रियाको भिडियो सार्वजनिक भएको छ। शब्द संगीत तथा स्वर समेत गायक थापा कै रहेको उक्त गीतको भिडियोलाई हरी हुमागाईले निर्देशन गरेका हुन। भिडियो उत्तम हुमागाईले छायाङ्कन गरेका हुन। निराजन प्रधान र सुमी मोक्तान अभिनित उक्त भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन। भिडियो सुत्र इन्टरटेनमेन्टले निर्माण गरेको हो र युट्युब मार्फत विश्वब्यापी रिलिज गरिएको छ।
यस गीत तथा भिडियोले आफ्नो साङ्गितिक करीयर अझ माथि उकास्न मद्धत गर्नेमा आफु विश्वस्त रहेको गायक थापाले बताएका छन्। पछिल्लो समय नेपाल आईडलमा सहभागि भएका उनको चर्चा नेपाली संगीत ब्रित्तमा निकै हुने गरेको छ। यो गीत तथा भिडियोले उनको नेपाल आईडल यात्रा अझ्जै सहज हुने आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार