७ बैशाख २०८१, शुक्रबार

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते



अछाम । अछामको साँफेबगरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्रयाक्टर साँफेबगर नगरपालिका–८ को मटेनामा दुर्घटना भएको हो । दुर्घटना हुँदा गाडी चालक बलबहादुर ठकुल्लाको ज्यान गएको छ ।
यस्तै, दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते हुनेमा साँफेबगर–८ का १७ वर्षिया नारायण कुँवार, ३२ वर्षिया फिरज मियाँ,६८ वर्षिया लता कुँवर, १७ वर्षिया भुपेन्द्र कुँवर, ६४ वर्षिया बज्जिरसिंह बोहरा, १७ वर्षिया धिरज कुँवर र १२ वर्षिया प्रविण विक रहेका छन् ।
नारायण र फिरजको अवस्था गम्भीर छ । घाइतेको उपचार बडेलगठा अस्पतामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार