१३ बैशाख २०८१, बिहीबार

घोडाघोडी अवलोकनबाट तीन महिनामा एक लाख बढी संकलन



सुखड । प्रशिद्ध सिमसार क्षेत्र घोडाघोडी अवलोकनबाट पछिल्ला तीन महिनाको अवधिमा एक लाख रुपैयाँ बढी रकम संकलन भएको छ ।
घोडाघोडी संरक्षण समितिले गत बैशाख १ गतेदेखि सो क्षेत्रको अवलोकन गर्न आउने पर्यटकसंग शुल्क लगाउने निर्णय गरेको थियो ।
सो अनुरूप तीन महिनाको अवधिमा एक लाख १८ हजार रुपैयाँ संकलन भएको संरक्षण समितिका पदमप्रसाद ढकालले बताए ।
ढकालका अनुसार हाल घोडाघोडी अवलोकनका लागि प्रतिव्यक्ति पाँच रुपैयाँ टिकट लाग्ने व्यवस्था गरिएको छ ।
सो क्षेत्रमा दैनिक पाँच सयदेखि एक हजारको हाराहारीमा आन्तरिक पर्यटक अवलोकनका लागि आउने गरेका छन् । संकलित रकम संरक्षण समितिका दीपक शाह र ढकालको संयुक्त बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार