१५ चैत्र २०८०, बिहीबार

सेक्समा गल्ती गर्दा ११ करोड जरिवाना



जरिवाना के कस्तो काममा गल्ती गर्नाले हुन्छ ? अमेरिकामा एकजना चर्चित गायकलाई सेक्समा गरिएको गल्ती निकै महंगो परेको छ । जसका कारण उनले ११ लाख अमेरिकी डलर अर्थात् झण्डै ११ करोड ३० लाख रुपैयाँ जरिवाना तिर्नु परेको छ ।
८ पटकका ग्रामी अवार्ड विजेता रहेका चर्चित गायक अशरले उनीसँग सम्भोग गरेकी महिलालाई रोग सारेको प्रमाणित भएपछि ठूलो रकम जरिवाना तिर्नुपरेको हो ।
रेडार अनलाइनले उक्त विषयमा अदालतबाट चुहिएका केही कागजातहरु प्रकाशित गरेको छ । जस अनुसार गायक अशरलाई सन् २००९–१० तिर यौन संक्रामक रोगको संक्रमण रहेछ । यौनांगमा हर्पेस भाइरसबाट संक्रमित उनले एक महिलासँग यौन सम्पर्क गर्ने क्रममा उक्त रोग महिलामा सारे ।

नाम खुलासा नगर्ने शर्तमा ती पीडित महिलाले भनेकी छिन् की गायकसँगको सेक्सपछि उनीमा स्वास्थ्य समस्इा सुरु भयो र जाँच गर्दा यौन रोग भएको पत्ता लाग्यो, जसका कारण उनी डिप्रेसनमा फसिन् ।
गायक अशरले ती महिलासँग असुरक्षित यौन सम्पर्क गरेर भाइरस सारेको बताइएको छ ।
गायक अशले उक्त घटनाबाट आफु त्रसित हुनुका साथै लज्जित पनि भएको अनौपचारिक रुपमा बताएका छन् ।
अशरको वास्तविक नाम अशर रेमन्ड चतुर्थ हो । उनी ती महिलासँग सन् २०११ र २०१२ मा डेटिङमा मस्त थिए । सोही क्रममा उनले आफ्नोे यौनांगको पूरानो संक्रमण आफ्नी गर्लफ्रेण्डमा सारेका रहेछन् ।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार