१५ चैत्र २०८०, बिहीबार

पौने दुई सय मुक्त हलिया पुनस्र्थापित



दार्चुला । दार्चलामा एक सय ७५ जना मुक्त हलियाहरु पुनस्र्थापित भएका छन् । आर्थिक वर्ष २०७०/०७१ देखि सञ्चालन भएको मुक्त हलिया पुनस्र्थापना अन्तर्गत उनीहरूको बसोबास व्यवस्था गरिएको जनाइएको छ ।
दार्चुलामा चार सय ५५ जना मुक्त हलिया रहेको जिल्ला मालपोत कार्यालय दार्चुलाका मालपोत अधिकृत अमरसिंह कुँवरले जानकारी दिए ।
आर्थिक वर्ष २०७३/०७४ मा जग्गा खरिदको लागि सात जना, घर निर्माण तर्फ १६ जना मुक्त हलिया परिवार छनोट भएका थिए । त्यस्तै, २० ले घर मर्मतका लागि अनुदान प्राप्त गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार