१३ बैशाख २०८१, बिहीबार

एक वर्षमा आठ सय बढी उद्योग खुले



धनगढी । कैलालीमा एक वर्षको अवधिमा आठ सयभन्दा बढी साना तथा मझौला उद्योग दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७३/०७४ को असाढ मसान्तसम्ममा कैलालीमा मात्रै आठ सय ८९ वटा साना तथा मझौला उद्योग दर्ता भएका उद्योग विकास कार्यालयले जानकारी दिएको छ ।
उद्योग विकास कार्यालयका प्रमुख दिलिपबहादुर चन्दका अनुसार चालु आर्थिक वर्षमा कैलालीबाट छ सय ७५ वटा प्राइभेट लिमिटेड कम्पनी, ४२ वटा साझेदारी फर्म, र एक सय ५३ वटा लघुउद्यम उद्योग गरी जम्मा आठ सय ८९ उद्योग दर्ता भएका हुन् ।
यसरी दर्ता भएको उद्योगहरूमा ९१ करोड ४६ लाख २९ हजार रुपैयाँ पूँजी लगानी रहेको उनले बताए ।
एक वर्षमा दर्ता भएका साना तथा मझौला उद्ययोगहरूबाट ९४ लाख ८३ हजार आठ सय २३ रुपैयाँ राजश्व संकलन भएको थियो । दर्ता भएका उद्योगहरूले दुई सय २० जना महिला र चार सय ७३ जना पुरुष गरी छ सय ३३ जनालाई रोजगारी दिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार