१६ चैत्र २०८०, शुक्रबार

प्राकृतिक प्रकोपबाट तीन करोड बढिको क्षति



अछाम । अछाममा आर्थिक वर्ष २०७३/७४ आगलागी, बाढिपहिरो, हावाहुरी, चट्याङ आदिबाट तीन करोड रुपैयाँ बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिल्लाका विभिन्न ठाउँमा आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङ, जंगली जनावर लगायतबाट तीन करोड १५ लाख ६७ हजार रुपैयाँ बराबराको क्षति भएको छ ।
सबैभन्दा बढी हावाहुरीका कारण एक करोड १७ लाख ५९ हजार रुपैयाँ बराबरको क्षति भएको छ । हावाहुरीका कारण ६७ घरधुरी प्रभावित भएका थिए ।
त्यस्तै, बाढीपहिरोबाट एक करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको र ६७ घरधुरी प्रभावित भएका अछामका प्रहरी नायव उपरिक्षक निरञ्जनदत्त भट्टले बताए ।
चट्यांगबाट एक जनाको ज्यान गएको थियो भने एक लाख ३० हजार बराबारको क्षति भएको थियो ।
त्यस्तै, आगलागीबाट ८३ लाख ७३ हजार क्षति हुनुका साथै १४ घर प्रभावित बनेका थिए । जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो भने तीन जना व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार