६ बैशाख २०८१, बिहीबार

प्रसूति केन्द्रलाई सामग्री हस्तान्तरण



डडेल्धुरा । डडेल्धुराकाको अजयमेरु गाउँपालिका वडा नम्बर १ समैजी स्वास्थ्य चौकीमा प्रसूति गृह (वर्थिङ सेन्टर) सञ्चालनका लागि मंगलबार आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।
केयर नेपालको र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेल्धुराको संयुक्त साझेदारीमा सञ्चालित सम्मान परियोजना अन्तर्गत ती सामग्री प्रदान गरिएको जनाइएको छ ।
कार्यक्रमका वडाध्यक्ष दत्तिसिंह भण्डारीलाई संस्थाका प्रतिनिधिहरूले ती सामग्री हस्तान्तरण गरेको दलित समाज कल्याण संघका अध्यक्ष सुन्दर जैरुले बताए ।
सम्मान कार्यक्रम संयोजक भीम साउँदका अनुसार प्रसूति केन्द्रलाई डेलिभरी बेड, ईलेक्ट्रिक अटोक्लेभ, परिलाईट, डेलिभरी सेट, ईपिसेट र सर्जिकल ड्रम लगायतका सामग्री प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार