८ बैशाख २०८१, शनिबार

भारतीय सीमानाकामा नेपालीमाथि ज्यादती बढ्दो



कञ्चनपुर । कञ्चनपुरसंग सीमा जोडिएको भारतीय बजार वनबसा र सीमानाकामा नेपाली नागरिकहरूमाथि भारतीय प्रहरीको ज्यादती बढ्दो क्रममा रहेको छ ।
भरखरै भारतबाट घर फर्किरहेका सुर्खेतका भोजराजलाई भारतीय प्रहरीले चेकजाचको बहानामा पैसा लुटपाट गर्नुका साथैे कुटपिट गरेका हुन ।
भारतीय प्रहरी नरेश कोहली लगायतको प्रहरीको टोलीले आफूसंग रहेको रकम लुट्नुका साथै कुटपिट गरेको पीडित भोजराजले बताए ।
उनले भारतीय प्रहरी कोहली लगायतमाथि कारबाहिको माग गर्दै उत्तराखण्ड प्रहरी प्रमुखको कार्यालयमा निबेदन समेत दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार