१३ बैशाख २०८१, बिहीबार

गजल



  • सन्तोष रोकाया

सानो नाबालक, तिम्रा सिद्धान्त, रट्दैछ यहाँ
अनि तिम्रै, भोजभतेरको कहानी, पढ्दै छ यहाँ

तिमी भन्छौं मात्र, सर्वसुलभ अनि गुणस्तरीय शिक्षा
खै वर्षै पिच्छे विद्यार्थीको फि बड्दैछ यहाँ

तिमी हाहा–हुहु मै, उडाउछौं कुरो, सिंहदरवारमा
थाहा छ, दिनानुदिन देशको दशगजा, घट्दैछ यहाँ

बडोभैया भनि सम्मान गर्छौ, छिमेकीहरूलाई
तर किन बिचरा गोर्खे एक्लै लड्दैछ यहाँ

भाषण मात्र गर्छौ, स्वरोजगार बनाउछौं भनेर
खै युवा त अझै खाडी सर्दैछ यहाँ ।।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार