१३ बैशाख २०८१, बिहीबार

हवाइजहाज सम्बन्धी केही राेचक जानकारी



  • हवाईजहाज स्थिर पखेटा (फिक्स विङ्ग)सहितको एयरक्राफ्ट (हवाइ यन्त्र) हो । यसले इञ्जिनको सहायताबाट हावामा उडान गर्छ ।
  • हवाईजहाजको प्रयोग विशेषगरी यातायातको साधनका रूपमा गरिन्छ । साथै, विभिन्न खोजमूलक कार्य, सैनिक गतिविधि तथा मनोरञ्जनका लागि समेत यसको प्रयोग गरिन्छ ।
  • हवाई जहाजमा रहेको इञ्जिनले यसलाई अगाडि बढ्न आवश्यक शक्ति प्रदान गर्छ । त्यसैगरी यसमा रहेको पखेटाले यसलाई उडान गर्न सघाउँछ ।
  • हवाई जहाजमा पखेटा आकारको ‘एयरफोयल’ भनिने उपकरण जडान गरिएको हुन्छ । यसले जहाजलाई हावाको प्रयोग गरी उडान गर्न सघाउँछ ।
  • हवाईजहाजको लामो तथा पातलो भागलाई ‘फ्युजल्याज’ भनिन्छ ।
  • हवाईजहाज नियन्त्रण गर्न पाइलट (विमान चालक) बस्ने स्थानलाई ककपिट भनिन्छ । यो फ्युजलाजको अघिल्लो भागमा हुन्छ ।
  • केही हवाइजहाजहरू (विशेषगरी सैनिक प्रयोजनका) सुपरसोनिक फ्लाइट (आवाजको भन्दा तीव्र गतिमा उडान) गर्न सक्षम हुन्छन् । तिनको गति १ हजार २ सय ३५ (७ सय ६८ माइल प्रतिघण्टा)भन्दा बढी पनि हुने गरेको छ ।
  • सुपरसोनिक ट्रान्सपोर्ट गर्ने क्षमतासहितका जम्मा दुई हवाईजहाजको निर्माण गरिएको बताइन्छ । तीमध्ये ‘कोनकोर्ड’ सर्वाधिक प्रख्यात भएको थियो । यसले लण्डन, न्यूयोर्क तथा पेरिसका प्रमुख शहरमा सन् २००३ सम्म उडान गर्दथ्र्यो ।

कोनकोर्ड विमान

  • कोनकोर्ड हवाईजहाजलाई न्यूयोर्कदेखि पेरिससम्म उडान गर्न साढे ३ घण्टामात्र लाग्थ्यो । साधारण हवाईजहाजले यति दूरी उडान गर्न करीब ८ घण्टा लाग्ने गथ्र्यो ।
  • प्रविधिको विकाससँगै मानिसको सहायताविना रिमोट वा कम्प्युटरबाटै सञ्चालन गर्न सकिने हवाईयन्त्रको समेत विकास भएको छ । यस्तो प्रविधिसहितको हवाईयन्त्रलाई ‘ड्रोन’ भनिन्छ ।
  • ओरभिल र विलवर राइट (राइट ब्रदर्स)ले उडान गर्ने क्षमतासहितको पहिलो हवाईजहाज निर्माण गरेको मानिन्छ ।

अभियान राष्ट्रिय दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार