१५ चैत्र २०८०, बिहीबार

जब बच्चामा यस्तो संकेत देखिन्छ, सर्तक हुनैपर्छ



वर्षाको मैसम छ । यसबेला बच्चाहरु बिमारी हुने भय धेरै हुन्छ । त्यसो त बच्चाको प्रतिरक्षा प्रणाली निर्माणकै क्रममा हुने भएकाले उनीहरु बिमारी भइरहन्छन् ।
बच्चाहरुमा समन्य ज्वरो आउनु, वान्ता हुनु, दिसा पातलो हुनु सामन्य हो । यस्तो समस्याका लागि अस्पताल नै धाउनु पर्दैन । तर, कहिले कहिं बच्चाको स्वास्थ्य स्थिती खराब हुन्छ र उसलाई के गर्ने भन्ने कुरामा आमाबुवा द्विविधामा पर्छन् । कस्तो लक्षण देखिए अस्पताल लाने वा नलाने ? यस सम्बन्धमा थाहा नहुन सक्छ । त्यसैले हरेक आमाबुवालाई जानकारी हुनैपर्छ कि, बच्चाको कस्तो लक्षणमा सर्तक हुने र कस्तो लक्षणमा नआत्तिने ?

ज्वरोको लक्षण
पेटमा भाइरस र सामन्य संक्रमण जस्ता बिमारीको कारण बच्चालाई अक्सर ज्वरो आउँछ । तर, जब उसलाई तेज ज्वरो आउँछ, कुनै गंभिर बिमारको संकेत हो भनेर बुझ्नुपर्छ । ३ देखि ६ महिना उमेरको बच्चालाई जब १ सय १ डिग्री फरेनहाइट वा त्यो भन्दा उच्च ज्वरो छ भने सर्तक हुनुपर्छ ।
बच्चालाई लामो समय ज्वरो आइरहेको छ भने चिकित्सकको परामर्श लिनुपर्छ । जीवाणु संक्रमणको कारण बच्चालाई ज्वरो आएको छ भने एन्टिवायोटिक उपचारको आवश्यक हुन्छ । बच्चालाई तिब्रा ज्वरोसँगै टाउको दुखेको छ भने उपचारमा ढिलाई गर्नु हुन्न ।

जब बच्चालाई अधिक तिर्खा लाग्छ
यदि बच्चा अचानक धेरै पानी पिउन थाल्यो भने चिकित्सककहाँ पुर्‍याउनुपर्छ । खासगरी रातको समयमा बच्चा अधिक तिर्खायो भने टाइप १ मधुमेहको शंका गर्न सकिन्छ । एक रिपोर्ट अनुसार बच्चालाई अधिक तिर्खा लाग्नु मधुमेहको लक्षण हो । यसको थप लक्षणमा धेरै पिसाब लाग्ने, थकान लाग्ने र तौल घट्ने हुन्छ ।

जब बच्चालाई सास फेर्न गाह्रो हुन्छ
स्वभाविक हो, बच्चालाई ज्वरो आएको बेला उसको श्वासप्रश्वास तिब्र हुन्छ । तर, सामन्य दिनमा पनि बच्चाको श्वासप्रश्वास छिटो छिटो हुन्छ भने चिकित्सकलाई देखाउनु पर्छ । सास छोड्दा सिटी जस्तै ध्वानी निकाल्छ भने त्यो दमको प्रष्ट संकेत हो । यदि बच्चालाई सास लिन समस्या हुनका साथै ओंठ निलो रंगको हुन्छ भने त्यो ब्रोंकाइटिसको लक्षण हुनसक्छ ।

जब बच्चाको लगातार पेट दुख्छ
बच्चाले कहिले कहि पेट दुखेको, टाउको दुखेको बाहाना बनाउँछनु, स्कुल जान नपरोस् भनेर । तर, सधै यस्तो हुँदैन । यदि बच्चाले बारम्बार पेट दुख्यो भन्छ भने त्यसलाई सामन्य रुपमा लिनु हुँदैन ।

जब पिसाब गर्दा दुख्छ वा पोल्छ
बच्चाले पिसाब गरेको बेला दुख्यो वा पोल्यो भन्छ भने उसमा मुत्र संक्रमण भएको हुनसक्छ । यदि बच्चाले पिसाब गर्दा दुख्छ र पिसाब हुँदैन भने चिकित्सककहाँ लानुपर्छ ।

जब बच्चा अत्याधिक थाक्छ
अक्सर बच्चाहरु उफ्रिएर, खेलेर, दौडेर थाक्दैनन् । तर, कहिले कहि बच्चाहरु थकित हुन्छन् । उनीहरु खेल्न, उफ्रिन त मन गर्छन् तर सक्दैनन् । यस्तोमा खानपान वा निन्द्राको कमी पनि हुनसक्छ । तर, अत्याधिक थकान हुन्छ भने एनीमिया, हृदय रोग, एलर्जी, भाइरल संक्रमण, केहि प्रकारका प्रतिरक्षा विकार आदि हुनसक्छ । क्यान्सर समेत हुनसक्छ ।

-एेजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार