११ बैशाख २०८१, मंगलवार

दाम्पत्य सम्बन्धः किन हुन्छ कलह ?



पती-पत्नीले एकअर्कालाई माया गर्नु, विश्वास गर्नु, भरोसा गर्नु स्वभाविक हो । जब तपाई पार्टनरलाई अधिक प्रेम गर्नुहुन्छ । यो एकदमै सकारात्मक कुरा हो । तर, यससँगै पार्टनरको आकंक्षा भने बढ्नु हुँदैन । यदि त्यसो भयो भने तपाईहरुको सम्बन्ध कहि न कहि पुगेर नराम्ररी टुट्न सक्छ ।
भनाई नै छ, चिनी पनि धेरै खायो भने तीतो हुन्छ । दाम्पत्य सम्बन्धमा पनि यो लागु हुन्छ । चाहे व्यवहारमा होस् वा भावनाको कुरामा नै, एउटा निश्चित दुरी भने राख्नुपर्छ ।

हरक्षण चासो राख्नु
हामी सोच्छौ कि, हरक्षण पार्टनरको ध्यान राखौं । उनको केयर गरौं । भलै तपाईले प्रेमपूर्वक यस्तो व्यवहार देखाउनुहुन्छ । सुत्ने, उठ्ने, खाने, लगाउने कुरामा चासो राख्नुहुन्छ । उनलाई यस्तो खानु, उस्तो लगाउनु, यतिबेला उठ्नु भनेर भन्नुहुन्छ । तर, पार्टनरलाई बन्धनमा परेको महसुष हुनसक्छ । यसले विस्तारै सम्बन्धमा फाटो ल्याउन सक्छ ।

स्पेश दिनुपर्छ
सम्बन्ध चाहे जेसुकै होस्, त्यसमा स्पेश दिनु एकदमै जरुरी हुन्छ । स्पेश नदिदा प्रेम कम हुन्छ । मनमुटाव, भनाभन बढी हुन्छ । आपसी निकटताले दुरी पैदा गर्न सक्छ ।

अधिकार लाद्न खोज्नु
पार्टनरको निजी जीवनलाई पनि स्विकार गर्नुपर्छ । सधै पार्टनरमाथि आफु हावी हुनु भनेको पनि संकट निम्त्याउनु नै हो । पार्टनरमाथि आफ्नो अधिकार लाद्न खोज्नु हुँदैन । यसले सम्बन्धलाई फितलो बनाइदिन्छ ।

सधै पार्टनरकै साथमा रहनु
बढी प्रेम गरिन्छ र हरक्षण पार्टनरसँगै बस्ने इच्छा हुनसक्छ । तर, यस्तो इच्छालाई त्याग्न सक्नुपर्छ । पार्टनर जहाँ जान्छ, आफुपनि त्यही जाने । जे गर्छ, आफुपनि त्यही गर्ने काम ठीक हुन्छ । कहिले कहि पार्टनरलाई आफ्नो साथीभाईसँग छ्टै समय बिताउन मन लाग्छ, कहिले आफ्नो परिवारसँग । त्यस्तो अवस्थमा आफु बाधक बन्नु हुँदैन ।

धेरै अपेक्षा गर्नु
अक्सर हामी पार्टनरबाट बढी अपेक्षा गरिरहेका हुन्छौं । हामी आफुले जे सोच्छौं, जे चाहन्छौ, जस्तो मन पराउँछौ । पार्टनर त्यही रुपमा प्रस्तुत भइदियोस् भन्ने अपेक्षा हुन्छ । यस्तो अपेक्षा पुरा भए त ठीकै हुन्छ । यदि पुरा नभएको अवस्थामा हामीमा खिन्नता हुन्छ । त्यसैले बिस्तारै सम्बन्ध फिका हुँदै जान्छ ।

शंका नगरौ
पार्टनरलाई सधै शंकाको दृष्टिले हेर्नु उचित हुन्न । हरेक समय फोन गरेर ‘के गरिरहेका छौं’ भनेर सोध्नु । फोन, म्यासेज, फेसबुक जाँच्नु जस्ता व्यवहारले कलह सुरु गर्छ ।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार