१३ बैशाख २०८१, बिहीबार

वार्षिक समीक्षा बैठक



धनगढी । सुरक्षित आप्रवासन (सामी) परियोजनाको वार्षिक समीक्षा कार्यक्रम शुक्रबार धनगढीमा भएको छ ।
जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत यगम कलेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कमलसिंह महरा प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा सिर्जनशील समाजको सृजनाका समाजिक परिचालक कृष्ण विक र सञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम संयोजक एकेन्द्र तिमिल्सेनाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागिहरूले सामी परियोजनाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन समाजमा राम्रो काम गरेको उल्लेख गरेका थिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत महराले सकभर युवा युवतीहरूलाई वैदेशिक रोजगारीमा जान नदिनमा ध्यान दिन जरुरी रहेको बताए । वैदेशिक रोजगारीमा जाने अधिकाँस व्यक्ति दक्ष नहुँदा दु:ख पाउने गरेकाले उनीहरूलाई तालिम प्रदान गरेरमात्र वैदेशिक रोजगारीमा जान सामीले राम्रो काम गरेको बताए ।
महिला तथा बालबालिका कार्यालयकी पूजा काफ्लेले सामीले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई प्रदान गर्दै आएको तालिममा महिलाको सहभागिता बढाउनमा जोड दिनुपर्ने सुझाव दिएकी थिइन् ।
कार्यक्रममा श्रम कार्यालयका प्रमुख जयदेव विष्ट, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिलिपकुमार चन्द लगायत संघ/संस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार