१३ बैशाख २०८१, बिहीबार

स्थानीय निर्वाचन लोकतन्त्रको जीत



अब केही दिनमा दोस्रो चरण निर्वाचनको नतिजा आइसक्ने छ । मतदाताहरूले आफ्नो विवेक प्रयोग गरी मत जाहेर गरेका छन् । मत गणना गर्दा केहीले जिते केहीले हारे । यो लोकतन्त्रको स्वभाविक प्रकृया हो । आफूले मत दिएको प्रतिनिधिले जितोस् भन्ने लाग्नु सामान्य मानवीय स्वभाव हो । जीत हुँदा खुसी हुने र हार हुँदा दुःखी हुने कुरालाई पनि अनौठो मान्नु पर्ने छैन । तर, कहिले काँही परिणामलाई नै लिएर अप्रिय अवस्थासम्म पुग्नुले लोकतान्त्रिक संस्कृति संस्थागत नभई सकेको तर्फ इंकित गर्दछ ।
जे होस्, शंकैशंकाको बिचमा छ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन भयो । अब एउटा प्रदेशमा बाँकी छ । यो सम्पन्न हुन्छ भन्ने कुरामा अब ढुक्क हुन सकिन्छ ।
बीस वर्षदेखि स्थानीय तहमा जनप्रतिनिधिहरू चुन्ने र चुनिने अवसर रोकिएको थियो । यसले लोकतान्त्रिक समाजको गतिलाई रोकेको थियो । हामीले स्वीकार गरेको दलीय व्यवस्थामा प्रतिस्पर्धाबाट जनप्रतिनिधि चयन गर्ने कुरा रोकिनुले समाजलाई चाहिने नेतृत्व विकासको ढोका पनि बन्द थियो । यसका साथै विकासका लागि निर्माण गरिएका स्थानीय संरचना अनुसारको नेतृत्व नहुँदा नागरिकले प्राप्त गर्नु पर्ने सेवा सुविधा र विकासको अधिकार सीमित कर्मचारीका जिम्मामा रहँदा प्रभावकारी हुन सकेन । यति मात्र हैन विकास निर्माण र नागरिकका लागि आवश्यक आधारभूत आवश्यक्ता पुरा गर्न विनियोजित बजेटहरूको पारदर्शितामा पनि ठूलो प्रश्न चिन्ह लागि रहयो । स्थानीय तहमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्ने र कार्यान्वयन गर्ने नेतृत्वको अभावले हामी समग्र विकासको हिसाबले बीस वर्ष पछाडि रहनु प¥यो ।
लामो समयदेखि चलिरहेको घरेलु द्वन्द्वलाई तार्किक शिष्कर्षमा पु¥याउन राज्यको नयाँ संघीय संरचना र त्यस अनुसारको संविधान निर्माण गरी घोषणा ग¥यौैं । यसलाई पूर्णता दिन तीन तहको निर्वाचन जरुरी थियो र छ । जसमध्ये स्थानीय तहको निर्वाचन पहिलो खुड्किलो हो ।
आज स्थानीय तह सञ्चालनको यो महत्त्वपूर्ण निर्वाचनको परिणामसंगै निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो जिम्मेवारी सम्हालीरहँदा देशले जितेको छ । नेतृत्वको एउटा ठूलो संख्या अब देश निर्माणको लागि सपथ खाएर आएको छ । यसले समाजलाई परिचालन गर्ने छ । नागरिकले आफ्नो मतबाट निर्वाचित जनप्रतिनिधिले व्यक्तिगत स्वार्थलाई त्यागी सामाजिक समृद्धिका लागि काम गर्ने अपेक्षाका साथ पर्खि बसेका छन् ।
यो प्रक्रियामा लाखौं नागरिकहरू प्रतिष्पर्धामा आए त्यसमध्ये केही निर्वाचित भए भने केहीले हार स्वीकार गर्नु परेको छ । हार्नेहरू सबै कमसल थिए र जितनेहरू सवै अब्वल हुन भन्ने पनि छैन त्यो त नेतृत्वले पछि गर्ने कर्मबाट प्रमाणित हुन बाँकी छ ।
अन्तमा, यो स्थानीय निर्वाचनमा सहभागी कसैले पनि हारेको छैन बरु तपाईहरू सबैको सहभागिताले लोकतन्त्रले जितेको छ, देशले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार