७ बैशाख २०८१, शुक्रबार

डाेटीकाे सायल गाउँपालिकामा पनि एमाले विजयी



धनगढी । डोटीको सायल गाउपालिकामा नेकपा (एमाले)का अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फवाट अध्यक्ष पदका उम्मेद्वार तेजबहादुर डुम्रेलले २ हजार ६ सय ३१ मत प्राप्त गरि बिजयी भएका छन् भने उनका निकटम् प्रतिद्धवन्दी नेपाली कांग्रेसका धर्मराज जोशीले २ हजार ३ सय १२ मत प्राप्त गरेका छन् । यसै गरी उपाध्यक्ष पदमा नेकपा (एमाले)को तर्फवाट बिष्ना सिंहले २ हजार ७ सय २४ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी पुर्णमाया बिस्टले २ हजार २ सय ५८ मत प्राप्त गरेकी छन् । उक्त सायल गाउपालिकाको ६ वटा वडा हरु मध्ये ५ वटा वडामा वडा अध्यक्ष सहित प्यानलनै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार