१३ बैशाख २०८१, बिहीबार

संसारकै पहिलो सेक्स विद्यालय जहाँ विद्यार्थीलाई प्रेमको पाठ पढाइन्छ



अष्ट्रियाको भियनामा संसारकै पहिलो सेक्स विद्यालय खोलिएको छ । विद्यालयले आफ्ना विद्यार्थीलाई असल र राम्रा प्रेमी बन्न सिकाउने दावी गरेको छ । तर, विद्यालयमा भर्ना हुनको लागि विद्यार्थीलाई ठूलो रकम तिर्नुपर्ने हुन्छ ।
उक्त विद्यालयमा प्रत्येक वर्ष एक विद्यार्थी बराबर १४०० पाउण्ड अर्थात् १ लाख ७२ हजार ५ सय नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्छ । स्वीडेनमा जन्मिएकी उक्त सेक्स विद्यालयकी प्रधानाध्यापक यल्वा मारिया थम्पसनका अनुसार १६ वर्षभन्दा ज्यादा उमेरका कुनैपनि विद्यार्थीले त्यहा भर्नाका लागि आवदेन दिन सक्छन् ।
उनी आफ्नो विद्यालय संसारकै पहिलो विद्यालय भएको बताउँछिन् जसले विद्यार्थीहरुलाई असल प्रेमी बनाउन सिकाइन्छ । उनले आफ्नो विद्यालयमा सिद्धान्तलाई भन्दा पनि व्यवहारिक शिक्षामा बढी ध्यान दिने गरिन्छ । सम्पूर्ण छात्रा छात्रलाई होस्टलमा एकै स्थानमा राखिन्छ ताकि उनीहरु सबै कार्य एकै ठाउँमा गर्न सकुन् ।
थम्पसन बताउँछिन् कि उनको विद्यालयमा यौन क्रियाको उपयुक्त आसन, प्रेम स्पर्श, शारीरिक विशेषता यि सबै कुराको व्यवहारिक ज्ञान दिइने गरिन्छ । कोर्स सकिएपछि विद्यार्थीलाई प्रमाणपत्र पनि दिइन्छ ।
विद्यालयको प्रधानध्यापक थम्पसन उनको कला प्रदर्शनको लागि प्रख्यात छिन् । उनले एक प्रदर्शनीमा नग्न महिलाको विभिन्न मुद्राको पुत्ला बनाएकी थिइन् । विद्यालय कि प्रवक्ता मेलोडी कर्शले विद्यालय पुरै तरिकाबाट सफल हुने विश्वास रहेको बताइन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार