१३ बैशाख २०८१, बिहीबार

विश्व सिकलसेल दिवस मनाइयो



धनगढी । सिकलसेल नेपाल कैलालीको आयोजनामा सोमबार धनगढीमा विविध कार्यक्रमसहित विश्व सिकलसेल दिवस मनाइएको छ ।
‘सिकलसेल विरामीका लागि एक हौं’ भन्ने नारासहित धनगढीको क्याम्पसचोकदेखि जिल्ला विकास समितिसम्म र्‍याली निकालिएको थियो ।
र्‍यालीपछि आयोजित कार्यक्रममा चार वर्षदेखि अमेरिकामा सिकलसेलसम्बन्धी अनुसन्धान गर्दै आइरहेका प्रियंकरबहादुर चन्दले सिकलसेल रोगको लागि शिशु सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनका अनुसार सर्वेक्षणमा ५०–९० प्रतिशत बाल्यकालको मृत्यु सिकलसेल रोग पत्ता नलागिकनै पाँच वर्षको उमेरमा नै हुने गरेको छ ।
सिकलसेल नेपालका उपाध्यक्षसमेत रहेका चन्दले जन्मने वित्तिकै शिशुमा सिकलसेल जाँच गरी उपचार गर्न सके ७० प्रतिशत बालबालिकालाई बचाउन सकिने बताए ।
‘सिकलसेल अणुवांशिक जन्मजात रोग भए पनि वयस्कमा मात्र जाँच गरेर पत्ता लगाई उपचार हुने गर्छ,’ उनले भने, ‘यो रोगलाई सरकारद्वारा व्यवस्थापन गर्नसके, स्वास्थ्यसेवाको तालिम, जनचेतना, अनुसन्धान गरी न्यूनीकरण गर्न सकिन्छ ।’
सिकलसेल व्यवस्थापकका लागि सरकारले सिकलसेल रोग प्रभावित क्षेत्रमा जन्मिने हरेक बालबालिक जन्मेको २४ घण्टामा रोगको जाँच गर्नुपर्ने र सिकलसेल पीडितका लागि आवश्यक औषधि ‘हाईड्रोक्षियुरिया’ नि:शुल्क उपलब्ध गराउनु प्रावधान ल्याउए ठूलो उपलब्धि हुने बताए ।
विश्वभर जुन १९ तारिखमा सिकलसेल दिवस मनाउने गरिन्छ । नेपालमा भेरी अञ्चल अस्पताल, नेपालगंग, सेती अञ्चल अस्पताल धगढी र निजामति कर्मचारी अस्पताल मिनभवनमा सिकलसेल रोगको उपचार गरिन्छ । हालसम्म नेपालमा यी अस्पतालमा सात सय ५० जना रोगी दर्ता भएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनगढीका कैलाश चौधरीका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा ७० जनाले सिकलसेल रोग उपचारका लागि सहयोगका दर्ता भएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा एक सय २० र २०७३/०७४ को हालसम्म ९२ जनाले सिकलसेल उपचारका लागि सहयोगका दर्ता भएका छन् ।
सिकलसेल एनिमिया एशोसिएशन अफ नेपाल, थारू नागरिक समाज, थारू कल्याणकारिण सभा, इन्जेल नेपाल, जिउगर फाउण्डेशनको सहयोगमा भएको कार्यक्रममा सेती अञ्चल अस्पतालका मेसु अशोक श्रीपाइली, काउन्सिलर यशोदा ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन भीम कुश्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार