११ बैशाख २०८१, मंगलवार

फूलबारी सांस्कृतिक महोत्सव २०७३ उद्घाटन



फूलबारी  ।  वन तथा भु–संरक्षण राज्यमन्त्री दीर्घराज भाटले मोहना र खुटिया नदीको कटानमा परेको फूलबारी क्षेत्रमा वृक्षारोपण आवश्यक रहेको बताएका छन् ।
बुधवार फूलबारी सास्कृतिक महोत्सवम उद्घाटन गर्न पुगेका राज्यमन्त्री भाटले मोहना र खुटिया नदी नियन्त्रणका लागि तटवन्ध गर्न यस वर्ष तीन करोड रुपैयाँ छुट्टयाएको जानकारी दिँदै तटबन्धनले मात्र नदीकटान रोक्न नसकिने भएकाले जनताले आफ्नो स्थानमा वृक्षारोपण गर्न आवश्यक रहेको बताए । साथै उनले वन विनाश गर्नमा वनका कर्मचारी र अन्य मानिसहरूको हात रहने भएकाले वन विनास नगर्न आग्रह गरे । राज्यमन्त्री भाटले बसन्ता जैविक मार्ग प्रति आफ्नो ध्यानाकर्षण भएको र १५ गते बसन्ता जैविक मार्गको स्थिति बुझ्न अवलोकन गर्ने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै वन तथा भु–संरक्षण राज्यमन्त्री दीर्घराज भाटले मोहना नदी र खुटिया नदीले गरेको उब्जनी योग्य जमिन कटानका कारण फूलबारीको उर्बरभुमी बगरका रूपमा परिणत हुँदै गएकोले उक्त क्षेत्रका लागि मन्त्रालयबाट हुन सक्ने काम अगाडि बढाउने बताएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले फुलबारी कला सास्कृतिक, भेषभुषाको फुलबारी भएका कारण यस्ता महोत्सव पटकपटक आयोजना गरी प्रचारप्रसार गर्न आवश्यक रहेको जानकारी दिए ।
कार्यक्रममा न्यू बुद्ध स्पोट्स युवा क्लबका अध्यक्ष महेश गोलेले पुस १३ गते देखि २२ गतेसम्म सञ्चालन हुने फूलबारी सास्कृतिक महोत्सवमा महोत्सवमा स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा राउटे र थारु समुदायका परिकार र जीवन शैली मुख्य आर्कषणको रूपमा रहेको जानकारी दिए । कार्यक्रमको सञ्चालन कृत विष्ट र अमर लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार