१६ चैत्र २०८०, शुक्रबार

सावधान ! जाडोमा खुम्चिन्छन् रक्तनली, पिउनुस् पर्याप्त पानी



जाडो महिनामा रक्त धमनीहरु खुम्चिने कारणले गर्दा मुटुसम्बन्धी विभिन्न समस्या बढ्छन् । आम मानिसहरुको तुलनामा धेरै तनाव लिने, धुम्रपान गर्ने तथा मुटु वा अन्य रोगबाट पीडित भएका मानिसहरुमा यसको खतरा धेरै हुन्छ । त्यसैले जाडोमा मुटु तथा रक्तरोगको खतराबाट जोगिन होसियारी अपनाउनुपर्छ ।

न्यायो कपडा नलगाउनु, बिहानबिहानै चिसोमा घुमफिर गर्नु, धेरै चिसो पानी पिउनु, अधिक व्यायाम गर्नु, धेरै नुनिलो तथा चिल्लो खानेकुरा खानु जाडो याममा हानिकारक हुन्छ ।

जाडाेमा स्वास्थ्यमा लापरवाही गर्नाले स्वास फूल्ने, छाति दुख्ने, घबराहट हुनेजस्ता लक्षण देखा पर्दछन् । यसले हार्ट फेल वा हृदयाघात हुनेे परिणाम आउन सक्छ ।

खासगरी ४० वर्षभन्दा धेरै उमेरका, मोटोपना तथा तनावग्रस्त मानिसहरु जाडो याममा मुटुरोगको बढी जोखिममा हुन्छन् । उच्च रक्तचाप, दम, मधुमेह र धुमपान-मद्यपान गर्ने मानिसहरु पनि उच्च जोखिममा रहन्छन् ।

जाडाे याममा रगत तथा मुटुसम्बन्धी समस्याबाट जोगिनका लागि निम्न उपाय अपनाउनु पर्दछ :

– धेरै चिल्लो तथा नुनिलो खानेकुरा नखाने ।

– रक्तचाप तथा मधुमहेको नियमित चेकजाँच तथा उपचार गर्ने ।

– तनावबाट बच्नका लागि योग गर्ने ।

– धुमपान तथा मद्यमान नगर्ने ।

– दिनहुँ ७/८ गिलास पानी पिउने ।

– न्यानो कपडा लगाउने, बिहानबिहानै धेरै चिसोमा नहिँड्ने र घाम लागिसकेपछि मात्र निस्किने ।

– व्यायामअघि वार्मअप गर्ने, एक्कासी कडा व्यायाम तथा काम नगर्ने, जसले मुटुमा दबाब पार्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार