१६ चैत्र २०८०, शुक्रबार

‘महिनावारी हुँदा’ मोडलको जागिर चट्



एक मोडलले कार निर्माता कम्पनी ह्युन्डेविरुद्ध मुद्दा दर्ता गर्दै महिनावारी भएका कारण उनलाई जागिरबाट निकालेको दाबी गरेकी छन् ।
२७ वर्षीया रिचेल रिकेर्टका अनुसार अप्रिल महिनामा न्युयोर्क इन्टरनेसनल अटो शोमा ब्रान्डको प्रतिनिधित्व गर्दा उनलाई लज्जित अनुभूत गराइएको थियो ।
त्यत्तिबेला उनले आफूलाई ट्वाइलेट ब्रेकको आवश्यकता भएको स्पष्ट बताएकी थिइन् । तर, त्यत्तिबेला उनलाई समय उपयुक्त नभएको बताइयो । जसका कारण रचेलले समयमा प्याड परिवर्तन गर्न सकिनन् ।
ह्युन्डे मोटर अमेरिकाका अनुसार उनीहरूले आरोपीको अनुसन्धान गरिरहेका छन् ।
रचेलका अनुसार उनले आफ्नो अन्डरवेयर र कपडा परिवर्तन गर्न आवश्यक थियो । र, उनले ट्वाइलेट प्रतिनिधि एरिका सिफ्रेडलाई यसबारे जानकारी पनि दिएकी थिइन् ।
पछि उनले सिफ्रेडको एक टेक्स्ट मेसेज पाए जसमा भनिएको थियो, ‘आवश्यक परे राति छुट्टि लिन सक्छौं ।’
मोडलले बिबिसीलाई दिएको जानकारीअनुसार उनले घण्टाको हिसाबले पैसा पाउने भएकाले यसको विरोध गरिन् ।
अर्को दिन अप्रिल १४ तारिखमा उनी साधारण रूपमा काममा गएकी थिइन् ।
मोडलले अमेरिकी इक्वल इम्प्लोइमेन्ट अपरचुनिटी कमिसन (इइओसी) मा ह्युन्दे र सिफ्रेन्डको म्यानेजमेन्ट कम्पनी ‘एक्सपिरियन्सियल ट्यालेन्ट’ विरुद्ध भेदभावको मुद्दा हालेकी छन् ।

बिबिसी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार