१३ बैशाख २०८१, बिहीबार

नसर्ने रोगको जोखिम बढी



धनगढी । सर्ने रोगभन्दा नसर्ने रोगहरू बढ्दै गइरहेको अवस्थामा रोग नियन्त्रण गर्न जनचेतना तथा व्यवहारमा परिवर्तन गरिनुुपर्नेमा जोड दिइएको छ ।
नसर्ने रोगका कारण परिवारका साथै देशको ठुुलो रकम खर्च भइरहेको अवस्थामा उक्त रोगहरूलाई लाग्नै नदिने तर्फ सम्वन्धित निकायहरूको सहयोग आवश्यक रहेको बताइएको छ ।
आइतवार धनगढीमा राष्ट्रिय स्वास्थ्य सुुचना तथा सञ्चार केन्द्र र सञ्चार विकास तथा अनुुसन्धान केन्द्र काठ्माण्डौको आयोजनामा नसर्ने रोगको रोकथाम तथा नियन्त्रण सम्वन्धि पत्रकार अन्तरक्रिया कार्यक्रम नसर्ने रोगहरू विस्तारै लाग्ने तर दीर्घकालीन समय सम्म सताउने भएकाले जीवन शैलीमा शुुधार गर्नुु आवश्यक रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ प्रशासक टंक चापागाईले बताए । उनले सरकारले विगतका तुुलनामा जनतामा स्वास्थ्य सम्वन्धि निकै चेतना बढि सकेको भएपनि जनचेतनाको क्षेत्रमा पैसा खर्च गरे वमोजिमको उपलव्धि हुन नसकेको उल्लेख गरे । सरकारले एक जना मृगौला विरामीहरूको उपचारमा ७ लाख ५० हजार खर्च गर्ने गरेको छ ।
विश्व स्वास्थ्य संगठनले जानकारी अनुुसार हाल विश्वमा वर्सेनी ४ करोड व्यक्तिहरूको मृत्युु नसर्ने रोगका कारण हुने गरेको छ । जसमा १ करोड ६ लाख व्यक्तिहरूको अल्प आयुुमै मृत्युु हुने गरेको छ । भने नसर्ने रोगहरूका कारणबाट अल्प विकसित देशहरूमा ८२ प्रतिशत व्यक्तिहरूको ज्यान जाने गरेको छ । जसमा वर्षेनी १ करोड ८५ लाख व्यक्तिहरूको मृत्युु मुुटुु तथा रक्त नलीको समस्याका कारणहरूबाट हुने गरेको छ ।
नसर्ने रोगहरूबाट मृत्युु हुने मध्ये ८० प्रतिशत व्यक्तिहरूको मृत्युु धुुम्रपान तथा मदिरा सेवन, निश्किृय जीवन शैली, अस्वस्थ खानपानहरूका कारणबाट हुने गरेको छ । भने व्यक्तिले स्वस्थ्य जीवन शैली अपनाए मात्रै ५० प्रतिशत नसर्ने रोगहरूको रोक थाम गर्न सकिने भएकाले जीवन शैलीलाई सुुधार, नियमित रूपमा स्वास्थ्य परिक्षण तथा नियमित औषधी सेवन गर्न सकिए नसकर्ने रोगहरूबाट बच्न सकिने माला खेती अस्पतालका डाक्टर धिरज जैशुुवालले बताए ।
मुुख्य गरी मुुटुु तथा रक्तनली रोग, मधुुमेह, क्यान्सर, मुुर्गौला सम्वन्धि रोग, मानसिक रोग, दुुर्घटना तथा दीर्घ स्वास प्रस्वास लगायतका नसर्ने रोगहरूका प्रभाव बढ्दै जादा हाल नेपालमा ६० प्रतिशत व्यक्तिहरूको मृत्युु उक्त रोगहरूका कारणबाट हुुने गरेको छ ।
नसर्ने रोगहरूको रोकथाम गर्न सुुर्ती जन्य पदार्थमा कर वृद्धि, विज्ञापनमा रोक, खानामा नुुन तथा चिल्लो मात्रामा कमि, हेपाटाइटिस विरुद्धको खोप, पाठेघरको मुुखको नियमित जााच र नियमित व्यायामबारे जनचेतना जगाउन सकिए रोग न्युुनिकरण गर्न सकिने हेल्थ टुुडेका सम्पादक पदम राज जोशीले बताए ।
नसर्ने रोगहरूको रोकथामका लागि सरकारले सुुर्ती जन्य पदार्थको विज्ञापन नियन्त्रण तथा कर वृद्धि, समुुदाय क्षेत्रबाट समुुदायमा हुने विभिन्न कार्यक्रमहरूमा सुुर्ती जन्य पदार्थ निषेध साथै मिडियाबाट स्वास्थ्य सम्वन्धिका विभिन्न समस्याहरू तथा स्वास्थ्य सम्वन्धिका चेतना मुुलक विषय वस्तुुलाई प्रचार प्रसार गरी जनसमुुदायमा पुुर्‍याउन सकिए यसको नियन्त्रण गर्न सहज हुने जोशीको भनाई थियो । व्यक्रिमा स्वस्थ्य रहदा विभिन्न प्रकारका रोगहरूबाट बच्न सकिन्छ भन्ने जानकारी भएपनि सचेतना हुन नसक्दा समस्या देखिएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार