११ बैशाख २०८१, मंगलवार

काँग्रेसले कैलालीमा उम्मेदवारी टुंग्यायो



धनगढी । आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि कैलालीमा उम्मेदवारहरूको टुंगो लगाएको छ ।
जिल्लाका एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकाका लागि केही दिनअघि उम्मेदवारको चयन भए पनि अन्तिम टुंगो लाग्न सकेको थिएन ।
नेपाली काँग्रेस, केन्द्रीय कार्यालयले शनिबार जिल्ला कार्यसमितिलाई पठाएको पत्रअनुसार कैलालीका सबै १३ वटै स्थानीय तहका उम्मेदवारहरूको टुंगो लगाइएको छ ।
नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेषित गरेको पत्रानुसार धनगढी उपमहानगरपालिकाको प्रमुख (मेयर) पदको उम्मेदवार नृपबहादुर वड रहेका छन् । त्यस्तै, उपप्रमुख (उपमेयर) पदमा सुशीला मिश्र भट्टलाई उम्मेदवार चयन गरिएको छ ।
उपमहानगरपालिका मेयरको उम्मेदवार ओड नेपाली काँग्रेसका धनगढी नगर सभापति हुन् भने उपमेयरका उम्मेदवार भट्ट नेपाल महिला संघका केन्द्रीय सदस्य हुन् ।
त्यस्तै, नेपाली काँग्रेसले टीकापुर नगरपालिका प्रमुखमा जंगबहादुर साउँदलाई उम्मेदवार चयन गरेको छ भने उपप्रमुखमा केसरी बिष्ट रावललाई छनोट गरिएको छ ।
त्यस्तै, घोडाघोडी नगरपालिका प्रमुखमा रीताकुमारी चौधरी र उपप्रमुखमा हेमबहादुर बमलाई उम्मेदवार चयन गरिएको छ ।
लम्कीचुहा नगरपालिकामा काँग्रेसका क्षेत्रीय सभापति भक्तबहादुर थापालाई प्रमुख र धना चौधरीलाई उपप्रमुखको उम्मेदवार चयन गरिएको छ ।
त्यस्तै, भजनीत्रिशक्ति नगरपालिकाको प्रमुखमा वीरबहादुर हमाल तथा उपप्रमुखमा भारती चौधरीलाई उम्मेदवार छनोट गरिएको छ ।
त्यस्तै, गोदावरी नगरपालिकामा वीरेन्द्र भट्टलाई प्रमुख र भगवती पाठकलाई उपप्रमुखको उम्मेदवार चयन गरिएको छ ।
त्यस्तै, गौरीगंगा नगरपालिकाको प्रमुखमा दिनेशराज जोशी र उपप्रमुखमा मेनका न्यौपाने जोशीलाई उम्मेदवार चयन गरिएको जनाइएको छ ।
त्यस्तै, जानकी गाउँपालिकामा अध्यक्षमा गंगादेवी चौधरी र उपाध्यक्षमा सूर्यबहादुर बटाला, बबर्दगोरिया गाउँपालिका अध्यक्षमा बलिराम चौधरी र उपाध्यक्षमा ललिता भट्टलाई चयन गरिएको छ भने मोहन्याल गाउँपालिका अध्यक्षमा लोकेन्द्रबहादु बडुवाल र उपाध्यक्षमा रवीकुमारी रानामगरलाई उम्मेदवार छनोट गरिएको छ ।
त्यस्तै, कैलारी गाउँपालिका अध्यक्षमा राजसमझ चौधरी तथा उपाध्यक्षमा अनिता चौधरी, जोशीपुर गाउँपालिका अध्यक्षमा रामकृष्ण चौधरी र उपाध्यक्षमा गीता कठरिया तथा चुरे गाउँपालिका अध्यक्ष टीकाराम ढुंगाना र उपाध्यक्षमा धना थापालाई उम्मेदवार चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार