१२ बैशाख २०८१, बुधबार

महिलाहरु सपनामा सम्भोग गरेको देख्छन् किन ?



पछिल्लो अध्ययनले महिलाहरुमा सम्भोगसँग जोडिएको सपना देख्ने दर बढिरहेको देखाएको छ । क्यानडाको युनिभर्सिटी अफ मोन्ट्रियलका विज्ञहरुले गरेको अध्ययनका क्रममा अहिलेका महिलाहरुले सपनामा यौन क्रियाकलाप गर्ने गरेको देख्ने दर ४० वर्ष अघिका महिलामा भन्दा निकै धेरै रहेको पाइएको छ ।
अध्ययनका क्रममा महिलाले देख्ने सपना मध्ये ८ प्रतिशत सेक्स सँग सम्बन्धित हुने गरेका छन् ।अध्ययनका क्रममा ३ हजार ५ सय जना महिला र पुरुषले आफुले देख्ने सपनाहरुको बारेमा तथ्य संकलन गरिएको अध्ययन टोलीका प्रमुख एन्टोनियो जाड्रा बताउँछन् ।
अध्ययनका क्रममा संलग्न भएका महिला तथा पुरुषहरुले देख्ने यौन सम्बन्धि सपनामा देख्ने यौन क्रियाकलापहरुमा यौन सम्पर्क, पाकक्रिडा, चुम्बन, तथा हस्तमैथुन लगायतका रहेका अध्ययनकर्ता बताउँछन् । अध्ययनका क्रममा केही अरु रोचक तथ्य पनि फेला पारिएको छ ।
सपनामा गरिने सम्भोगका क्रममा ४ प्रतिशत महिला र पुरुष चरमोत्कर्षमा पुग्ने गरेका छन् । महिलाले देख्ने सेक्सका सपना मध्ये ४० प्रतिशतमा उनीहरुले कुनै चर्चित पुरुषसँग सेक्स गरेको देख्छन् ।
त्यस्तै २० प्रतिशतले आफ्नो अहिलेको प्रेमी वा पूर्व प्रेमीसँग सपनामा सम्भोग गरेको देख्छन् । महिलाले प्रायः कुनै निश्चित वा केही सिमित पुरुषहरुसँग मात्र सेक्स गरेको सपना देख्ने भएपनि पुरुषले भने प्रायः धेरै महिलाहरुसँग सेक्स गरेको सपना देख्ने गरेका अध्ययनमा पाइएको छ ।
अध्ययनका क्रममा महिलाले सेक्सका सपना देख्ने दर पछिल्लो ४० वर्षमा बढेको पाइयो । तर यसरी सेक्सका सपनाको दर बढ्नुमा महिलाले बढि सेक्सका सपना देख्ने गर्नुका साथै यौनका कुरामा बढि खुल्ला हुनु पनि जिम्मेबार रहेको अध्ययनकर्ताहरु बताउँछन् ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार