८ बैशाख २०८१, शनिबार

कैलालीमा केन्द्रबाट आउने बजेट ५ अर्ब २४ करोड ५० लाख



धनगढी । नयाँ बजेट व्यवस्था अनुसार आर्थिक वर्ष २०७४/७५ मा कैलालीका स्थानीय तहले २२ देखि ७२ करोडसम्म अनुदान पाउने भएका छन् ।
केन्द्र सरकारले वित्तीय आयोग नभएको अवस्थामा एक पटकका लागि जनसंख्या, विकासको अवस्था र लागत समायोजित क्षेत्रफलका आधारमा वित्तीय समानीकरण र सशर्त अनुदान गरी दुई शीर्षकमा अनुदान दिने भएको छ ।
यसरी आउने रकम कैलालीमा ५ अर्ब २४ करोड ५० लाख पुग्नेछ । सरकारले पछिल्लो पटक थप गरेको भनिएको मोहना गाउँपालिकाका लागि भने अनुदान छुट्टयाएको छैन । आगामी वर्ष यस्तो अनुदान संविधान अनुसार गठन हुने केन्द्रीय वित्तीय आयोगले गर्ने व्यवस्था अनुसार हुनेछ ।
देशैभरीको बजेट थाहा पाउन यहाँ हेर्नुहोस् ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार