१२ बैशाख २०८१, बुधबार

डिसिए अन्तरविद्यालय क्रिकेट शुरु



धनगढी । धनगढीमा बुधबारदेखि डिसिए अन्तर विद्यालय क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
बुधबार भएका खेलमा क्यास्पियन एकेडेमी र लिटिल फ्लावर बोर्डिङ स्कुल विजयी भएका छन् ।
बुधबारको पहिलो खेलमा क्यास्पियनले मालिका उमाविलाई आठ विकेटले हरायो । टस हारेर व्याटिङको निम्तो पाएको मालिकाले निर्धारित २० ओभरमा छ विकेट क्षतीमा एक सय २४ रन बनायो । मालिकाका प्रशान्त पौडेलले २८, सागर पार्कीले २५ तथा विजय खातीले २४ रन बनाए ।
बलिङतर्फ क्यास्पियनका रौनक भण्डारीले तीन तथा सशांक महराले दुई विकेट लिए ।
एक सय २५ रनको लक्ष्यसहित मैदान उत्रिएको क्यास्पियनले १३ ओभरमा दुई विकेट गुमाउदै लक्ष्य भेटायो । क्यास्पीयनका कप्तान युक्रेन चन्दले अविजीत ५८ रन बनाए भने प्रकाश पाठकले १९ रन बनाए ।
खेलको म्यान अफ द म्याच क्यास्पीयनका कप्तान चन्द बने ।
अर्को खेलमा लिटिल फ्लवारले द गार्डनर स्कुललाई ७७ रनले पराजित गर्‍यो । टस हारेर व्याटिङको निम्तो पाएको लिटिल फ्लावरले २० ओभरमा चार विकेट क्षतीमा एक सय ४९ रन बनायो ।
लिटिल फ्लावरका लागि मनोज कठायतले ४२, चेतन बिष्टले २९ र रमेश रावतले १७ रन बनाए ।
एक सय ५० रनको विजयी लक्ष्यसहित ब्याटिंग गरेको गार्डनर १७ औं ओभरमा अलआउट हुंदै ७२ रनमा समेटियो ।
गार्डनरलाई सस्तैमा समेट्ने क्रममा लिटिल फ्लावरका प्रेम बम र मनिल थापाले २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार