७ बैशाख २०८१, शुक्रबार

आजदेखि डिसिए अन्तरविद्यालय क्रिकेट



धनगढी । धनगढीमा आज (बुधबार) देखि डिसिए अन्तरविद्यालय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा सञ्चालन हुने अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा २९ वटा विद्यालयको प्रतियोगिता संयोजक विजय कार्कीले बताए ।
मंगलबार धनगढीमा आयाजित पत्रकार सम्मेलनमा प्रतियोगिता आगामी २१ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो ।
प्रतियोगिता संयोजक कार्कीले पहिलो र दोस्रो चरण नकआउटका आधारमा खेलाइने र उत्कृष्ट आठ टिमबीच लिग चरणको प्रतिस्पर्धा हुने बताए ।
प्रतियोगिता अन्तर्गत आजको पहिलो खेल क्यास्पियन एकेडेमी र मालिका स्कूलबीच हुने छ ।
प्रतियोगिताको विजेता टिमले ३० हजार तथा उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनले बताए ।
प्रतियोगितामा एक लाख ५० हजार रुपैयाँ खर्च हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार