१६ चैत्र २०८०, शुक्रबार

पिएफए भेट्रान कप क्रिकेट : लीग चरणका खेल जारी



अत्तरिया । अत्तरियामा जारी पिएफए भेट्रान कप अन्तर्गत सोमबारको खेलमा सनराइजेज युथ क्लव र महेन्द्रनगर विजयी भएका छन् ।
सोमबारको पहिलो खेलमा सनराइजेज युथ क्लव अत्तरियाले न्यु सनराइज युवा क्लव गेटालाई ४८ रनले पराजित गर्‍यो ।
टस जितेर ब्याटिङ रोजेको अत्तरियाले एक सय ४१ रन बनाएको थियो । जवाफमा न्यु सनराइजले १७ ओभरमा सबै बिकेट गुमाएर ९४ रन मात्रै बनायो ।
दोस्रो खेलमा टिम महेन्द्रनगरले ह्याप्पी क्लव धनगढीलाई एक सय ६५ रनले हरायो । पहिले ब्याटिङ गरेको टिम महेन्द्रनगरले दुई सय ५२ रनको विशाल स्कोर बनायो । महेन्द्रनगरका दमन चन्दे एक सय तीन रनको शतकीय पारी खेले ।
प्रतिउत्तरमा ह्याप्पी क्लव १४ ओभरमा ८७ रनमा अलआउट भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार