७ बैशाख २०८१, शुक्रबार

अनलाइन सपिङ फस्टाउँदै



धनगढी । कैलालीमा पनि अनलाइन सपिङ भित्रिएको छ । यस क्रममा सोमबार कैलालीमा पनि सोचेको डट कम सेवा विस्तार गरिएको छ ।
सोचेको डट कम प्रालिले गत जनावरीदेखि सो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । विभिन्न बस्तुको आयात र निर्यातकर्ता, डिलर व्यवसाय तथा विभिन्न सेवा र सुबिधाको लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पाउनेगरि इजाजत पाएको सो कम्पनीले अनलाइनमार्फत अर्डर भएका सामान ग्राहकको घरमै पुर्‍याउने प्रालिका प्रबन्धक निर्देशक शैलेश लोहनीले बताए ।
हाल सोचेको डट कमबाट विभिन्न ब्राण्डका मोबाइल तथा एसेसरिज, घरायसी तथा कार्यालय, ईलेक्ट्रोनिक्स सामग्री, बच्चाका सामग्री लगायतका गरी ३५ सय प्रकारका उत्पादक सामग्रीहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार