७ बैशाख २०८१, शुक्रबार

पिएफए भेट्रान कप क्रिकेट : एक्सजोन र वेस्टर्न एकेडेमी विजयी



अत्तरिया । अत्तरियामा जारी पिएफए भेट्रान कप अन्तर्गत आइतबार भएका खेलमा एक्सजोन र वेस्टर्न क्रिकेट एकेडेमी विजयी भएका छन् ।
एक्स जोन गुलरियाले युनाईटेड स्पोटर््स एकेडेमीलाई तीन विकेटले पराजित गरेको थियो ।
यस्तै दोस्रो खेलमा वेस्टर्न क्रिकेट एकेडेमीले सुदूरपश्चिम यातायात समितिलाई तीन विकेटले हरायो ।
टस जितेर ब्याटिङ गरेको यातायात समितिले नौ विकेट क्षतिमा एक सय ४४ रन बनाएको थियो ।
जवाफमा वेस्टर्न एकेडेमीले १५ ओभरमा सात विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । वेस्टर्नका दीपक पालले ८३ रन बनाएका थिए । उनी म्यान अफ द म्याच भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार