८ बैशाख २०८१, शनिबार

पिएफए भेट्रान कप क्रिकेट : चौराह र पिएफए विजयी



अत्तरिया । कैलालीको अत्तरियामा जारी पिएफए भेट्रान कप अन्तर्गत शनिबार भएका खेलमा चौराहा युवा क्लव र पिएफए विजयी भएका छन् ।
शनिबार भएको पहिलो खेलमा चौराहा युवा क्लव, धनगढीले सुदूरपश्चिम यातायात समिति टिमलाई एक सय १८ रनले पराजित गर्‍यो ।
टस जितेर व्याटिङ रोजेको चौराहा युवा क्लवले दुई सय दुई रन बनायो । चौराहा युवा क्लवका मानु पुनले अविजित ८७ रन बनाए भने दिनेश पन्तले ६७ रनको योगदान दिए ।
प्रतिउत्तरमा सुदूरपश्चिम यातायात ८४ रनमा अलआउट भयो ।
सुदूरपश्चिम यातायात टिमलाई सस्तोमा समेट्न चौराहका अमित खड्काले ६ विकेट लिए । यातायात टिमका सन्तोष थापाले ३४ र विकाश सोतीले २७ रन बनाएका थिए । खेलमा म्यान अफ द म्याच चौराह युवा क्लवका मानु पुन घोषित भए ।
त्यस्तै, दोस्रो खेलमा आयोजक पिएफएले न्यु सनराइज युवा क्लव, गेटालाई सात विकेटले पराजित गर्‍यो ।
टस जितेर व्याटिङ रोजेको न्यु सनराइज युवा क्लवले १९ ओभमा १० विकेटको क्षतिमा ८४ रन बनायो ।
८५ रनको लक्ष्यसहित ब्याटिङ गरेको पिएफएले ११ औं ओभरमा तीन विकेट क्षतिमा लक्ष्य पुरा गर्‍यो । पिएफएका मानबहादुर मल्ले ३३ रन बनाए । उनी म्यान आफ द म्याच घोषित भए ।
प्रतियोगिताको बिजेताले एक लाख ५१ हजार एक सय ११, उपबिजेताले ७५ हजार पाँच सय ५५, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र म्यान अफ द सिरिजले दश हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार