७ बैशाख २०८१, शुक्रबार

उसु खेलाडी सम्मानित



धनगढी । धनगढीकी राष्ट्रिय उसुु खेलाडी एलिना चौधरीलाई बिहीबार धनगढीमा सम्मान गरेको छ ।
नेपाल उसुु संघ, शिअ उसुु क्वानले बिहीबार गरेको एक कार्यक्रममा खेलाडी चौधरीलाई सम्मान गरियो ।
कार्यक्रममा शिअ उसुक्वानका सचिव रतनबहादुर खातीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्दै सुुदूरपश्चिमको नाम उच्च बनाएकोले सम्मान गरिएको बताए ।
२०६३ साल देखि शिअ उसुु क्वानबाट उसुु खेल खेल्न सुुरु गरेकी एलिनाले २०६५ सालमा काठमाडौंमा भएको पाचौं राष्ट्रिय खेलकुुद प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै, छैठौं र सातौं राष्ट्रिय खेलकुुदमा पनि लगातार उनले स्वर्ण पदक जितेकी थिइन ।
कैलाली जिल्ला खेलकूूद विकास समितिका अध्यक्ष दिपक सिंहले खेलकूूद क्षेत्रको विकासका लागि पर्याप्त बजेट नभएकाले खेलाडीलाई सेवा सुुविधा दिन नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार