१३ बैशाख २०८१, बिहीबार

डेलिमेल भेट्रान कपको तयारी पुरा



अत्तरिया । कैलालीको अत्तरियामा आयोजना भोली (शुक्रबार) देखि आयोजना हुने रेडियो डेलिमेल पिएफए भेट्रान कप क्रिकेटको सम्पूर्ण तयारी पुरा भएको छ ।
प्ले फर अत्तरिया स्पोर्टस् क्लव, अत्तरियाले बुधबार अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिइयो ।
जेठ १५ गतेसम्म सञ्चालन हुने भेट्रान कप क्रिकेट प्रतियोगितामा धनगढी, महेन्द्रनगर, गुलरिया, टीकापुर, लालबोझी, डडेल्धुरालगायतका स्थानका ११ टिमले भाग लिने आयोजक क्लवका अध्यक्ष सन्तोष भट्टले बताए ।
उनले प्रतियोगिताको विजेताले एक लाख ५१ हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताए ।
त्यस्तै, वेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र म्यान अफ द सिरिजले १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका संयोजक प्रेमराज अवस्थीले प्रतियोगिता टी–२० फम्र्याटमा खेलाइने छ ।
सो प्रतियोगितामा २९ वर्षभन्दा बढी उमेरका खेलाडीले मात्र भाग लिन पाउने छन् । प्रतियोगिताको मुख्य प्रायोजक रेडियो डेलिमेल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार